Logo

राजनीति

ऋण भार बढाएर असहाय, अपाङ्ग र ज्येष्ठ नागरिकले भत्ता वृद्धि गर्न माग गरेका छैनन् : सांसद बराल



पोखरा । गण्डकी प्रदेश सभा सदस्य रामजी प्रसाद बराल ‘जीवन’ले आम जनताको टाउकोमा ऋण भार बढाएर सरकारले असहाय, अपाङ्गता, ज्येष्ठ नागरिकको भत्ता वृद्धि गर्नु उचित निर्णय नभएको बताएका छन्। गण्डकी प्रदेश सभाको प्रि बजेट छलफल कार्यक्रममा मंगलबार सदनमा बोल्दै सांसद बरालले आफ्ना छोरा छोरी र नाति नातिनीहरुको टाउकोमा राज्यको ऋण भार बढाएर आफूहरूको भत्ता वृद्धि गर्न माग नगरेको बताएका हुन्। 

३ वर्षको अन्तरालमा ८ खर्बको ऋण भार बढेर प्रति नेपालीको टाउकोमा ५० हजारको ऋण भार भएको अवस्थामा आत्मनिर्भर हुने सिप र व्यवहारिक ज्ञान भन्दा सरकारले सस्तो लोकप्रियताको लागि असहाय अपाङ्ग र ज्येष्ठ नागरिकको भत्ता वृद्धि गरेको उनको भनाई थियो । शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन सरकार लाग्नु पर्ने उनको भनाई थियो । 

उनले भने “प्रदेशमा सरकारले समीक्षा गरेर अघि बढ्नुपर्ने अवस्था आएको छ, यसको गम्भीर समीक्षा गर्नुपर्छ, केन्द्र सरकार लाचार छ, केन्द्रको छायामा प्रदेश सरकार परेको छ । ”

देश हाल दुई ध्रुवमा धुर्विकरण भएको दाबी गरेका सांसद बरालले एउटा ध्रुव संघिय लोकतान्त्रिक शासन प्रणाली र संविधानको रक्षा गर्न हिँडेको अर्को ध्रुव संविधानलाई मुर्छित पार्न र म नभई यो देश नै चल्दैन भन्दाभन्दै सेटिङमा सत्ता कब्जा गर्ने असंवैधानिक कदम चालेको आरोप लगाए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार १८:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।