सिरहा । सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्षको बजेटमा चुरे दोहन गर्दै मधेसलाई मरुभूमि बनाउने सरकारको षड्यन्त्रविरुद्ध नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।
असंबैधानिक सरकारले व्यापार घाटाको नाममा चोर बाटोबाट तराईरमधेस र समग्र नेपालको रक्षकका रुपमा रहेको चुरे क्षेत्रलाई दोहन गरि ढुङ्गा, गिट्टी र बालुवा निर्यात(निकासी गरेर तराईरमधेसलाई मरुभूमिमा परिणत गर्न लागेको नेविसंघको आरोप छ ।
नेविसंघले मधेसलाई सिद्याउने गरि बजेट वक्तव्यको बुँदा नं १९९ मा गरिएको जालसाजी र राष्ट्रघाती कदम सच्याउन माग गर्दै सिरहाको लहानमा विरोध प्रदर्शन गरेको हो ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारको यश कदमको विरोध गर्दै घर र खरानीको व्यापार नगर्न सरकारसँग आग्रह गरेको छ ।




















प्रतिक्रिया