Logo

राजनीति

सरकारले ल्यायो स्वास्थ्य संस्था सुरक्षा अध्यादेश,  स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई चार वर्ष कैद



सरकारले  स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा अध्यादेश पारित गरेको छ।  स्वास्थ्यकर्मीमाथि हातपात तथा स्वास्थ्य संस्थामा तोडफोटका घटनामा संलग्नमाथि कारबाही गर्न भन्दै बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याएको हो। राष्ट्रपतिसामु सिफारिस गरिएको अध्यादेश प्रमाणित भएसँगै जारी हुनेछ।

अब स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई दुई लाखसम्म जरिवाना वा चार वर्ष कैद वा दुबै सजाय हुनसक्नेछ। मौजुदा कानुनको जरिवानलाई केही खुकुलो बनाएर कैद सजायलाई बढाउन प्रस्ताव गरेको हो। अहिले स्वास्थ्यकर्मीमाथि आक्रमण भएमा अधिकत तीन लाख रुपैयाँसम्म जरिवान वा एक महिनादेखि एक वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ।

मौजुदा कानुनले स्वास्थ्यकर्मीलाई मात्र संरक्षण गरे पनि प्रस्तावित अध्यादेशले उपचारको क्रममा खटिने अस्पतालका कर्मचारीमाथि हुने आक्रमणलाई कसुर मानेको छ। स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि हुने कुनै पनि प्रकारको कसुरजन्य कामलाई पनि कारबाहीको दायरामा ल्याउनेगरि ऐन संशोधन प्रस्ताव अघि बढाइएको हो।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार ०७:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।