सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नेपाली कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् हेरफेर गर्न लाग्नुभएको हो ।
कांग्रेसले बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकार जोगाएको थियो । सरकारलाई विश्वासको मत दिएको दुई महिनापछि कांग्रेस पनि सरकारमा सहभागी हुन लागेको हो ।
दुईजना मन्त्रीसहित कांग्रेस सरकारमा जान लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए ।
सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठलाई सिफारिस गरिएको उनको भनाइ छ ।




















प्रतिक्रिया