Logo

राजनीति

ओलीका कारण पार्टी पुनर्गठन गर्ने अवस्थामा पुगेको नेपाल समूहको निश्कर्ष



नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्नु गल्ती भएको आत्मालोचना नगरेसम्म पार्टी एकताबारे कुनै छलफल नहुने निश्कर्ष निकालेको छ ।

तीन दिनसम्म भर्चुअल चलेको केन्द्रीय समिति र शनिबार बसेको स्थायी समिति बैठकले उक्त निरश्कर्ष निकालेको हो । प्रतिनिधि सभा विघटन गर्नु गल्ती थियो भन्दै आत्मालोचना नगर्दासम्म औपचारिक वार्ता नगर्ने उक्त समूहको निष्कर्ष छ ।

उपाध्यक्ष युवराज ज्ञवालीले संविधान र पार्टी विधान मिलेकोमा आत्मालोचना नगर्दासम्म औपचारिक वार्ता नगर्ने निर्णय भएको जानकारी दिए । 

अध्यक्ष ओलीले पार्टी एकता नचाहेको निष्कर्ष बैठकले निकालेको छ । पार्टीमा भाजो हाल्ने, अवरोध सृजना गर्ने, चालबाजी गर्ने, संविधान मिच्ने, प्रतिनिधि सभा विघटन गर्ने जस्ता कार्य ओलीले गर्दै आएको उक्त समूहको आरोप छ ।

एकतामा संकट र बाधक ओली नै देखिएको निष्कर्ष पनि नेपाल समूहको छ । तर, पनि अझै एकताको प्रयास जारी राख्‍ने निर्णय बैठकले गरेको छ । 

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार २१:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।