Logo

राजनीति

सुदूरपश्‍चिमबाट मन्त्री नपाएको गुनासो बढेपछि नारदमुनिलाई क्याबिनेटमा इन्ट्री गराउँदै ओली



प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा सुदूरपश्‍चिमबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई पदमुक्त गरेपछि चर्को आलोचना भइरहेको छ । उक्त आलोचनाकापछि प्रधानमन्त्री ओली आइतबार फेरि मन्त्रिमण्डल विस्तार गर्ने क्रममा सुदूरपश्‍चिमबाट नेकपा एमाले ओली समूहका नेता नारदमुनि रानाालाई मन्त्री बनाउने तयारी भइरहेको छ । 

कैलाली क्षेत्र नम्बर ५ बाट कांग्रेस सभापति शेरबहादुर देउपापत्‍नी आरजु राणालाई पराजित गर्दै सांसद बनेका नेता रानालाई ओलीले मन्त्री बनाउने ओलीको तयारी छ । 

सुदूरपश्चिमबाट एक जना पनि सरकारमा सहभागी नगराएको भन्दै विरोध चलिरहेको समयमा रानालाई मन्त्री बनाउन लागिएको स्रोतले बताएको छ । यस विषयमा बुझ्दा सांसद रानाले आफूले पनि पत्रपत्रिकामा समाचार पढेको र आधिकारीक जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका छन् । 

रानासँग पराजित भएपछि नेतृ राणाले मन्त्री बनाउनका लागि पहल गर्ने बताएकी थिइन् । राणाको उक्त अभिव्यक्तिको धेरैले आलोचना गरेका थिए । 

यसअघि प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलमा चार जना मन्त्रीहरु थिए । सर्वोच्चको आदेशपछि लेखराज भट्ट पदमुक्त भएका हुन् भने प्रेम आले, गणेश ठगुन्‍ना र गौरीशंकर चौधरीले प्रधानमन्त्री ओलले पदमुक्त गराएका हुन् । 

 

 

 

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १५:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।