Logo

राजनीति

नेविसंघका नेताहरू फेरि पक्राउ



पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्धमा उत्रिएका नेपाल विद्यार्थी संघका नेताहरू पक्राउ परेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरू पक्राउ परेका हुन् । 

सोमबार ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय तथा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघका नेताहरू काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् ।

प्रहरीले प्रशान्त लामिछाने, सागर बाबु भट्ट, सन्तोष श्रेष्ठ, शक्तिमान तामाङ, सबिन भन्डारी, लक्ष्मण भट्टसहितका विद्यार्थी नेताहरूलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार २०:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।