गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ ९दीपक मनाङे० लाई जनता समाजवादी पार्टिका नेता बाबुराम भट्टराईले लुकाएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले व्यङ्ग्यात्मक आरोप व्यक्त गरेका छन् ।
मनाङेले आफ्नो सामाजीक सञ्जाल फेसबुक मार्फत ‘डा। बाबुराम भट्टराई दाई सँग भेटघाटको सर्थकर्ता’ भन्दै एक तस्बिर सार्वजनिक गरेसँगै सोही तस्बिरलाई ट्विट गर्दै थापाले लेखेका छन् ‘गण्डकी प्रदेशमा मतदान नै नगरी हराएका दीपक मनाङेलाई आखिर कसले लुकाएको रहेछ र तस्बिर स्वयं यस्तो बोल्छ ।’

गण्डकी प्रदेशमा बिहीबार विश्वासको मत प्राप्त गर्न नसकेपछि एमालेको सरकार ढलेको थियो , यससँगै थापाले व्यङ्ग्यात्मक तरिकाबाट बाबुराम भट्टराई माथि आरोप लगाएका हुन् ।
गुरुङले उक्त तस्बिर आफ्नो फेण्ड लिस्टिमा रहेकाहरूले मात्र हेर्न मिल्ने गरी सार्वजनिक गरेका छन् ।

मनाङे बुधवार रातीदेखि नै उनी सम्पर्कविहीन भएका थिए । साथीभाइ र आफन्तले सम्पर्क गर्ने प्रयास गर्दा पनि उनी फेला परेका थिएनन् । बिहीबार एमालेको सरकार ढलेपछि मनाङे पोखराकै एक होटलमा फेला परेका थिए ।

















प्रतिक्रिया