Logo

राजनीति

नेताहरूसँग छलफल सकेर बाहिरिए सभामुख



काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय वैठक सकिएको छ । वैठक सकिए लगत्तै सापकोटा संसद् भनव नयाँ बानेश्वरबाट बाहिरिएका छन् ।

संसद विघटनपछि उत्पन्न परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न सभामुखले बैठक डाकेर छलफल गरेका थिए । बैठकबाट निस्केका सभामुखले पत्रकारसँग भने कुनै प्रतिक्रिया दिन मानेनन् ।

सभामुख निस्किए पनि विपक्षी नेताहरू भने बेग्लै छलफलमा जुटेका छन् । अहिले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच छलफल जारी छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १६:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।