प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ आगामी असार ९ गते हुने भएको छ । उक्त मुद्दाको एमिकस क्युरीका लागि सर्वोच्च अदालत बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी सिफारिस भएका छन् ।
मंगलबार बसेको एसोसिएसनको बैठकले उक्त निर्णय गरेको एसोसिएसनका वरिष्ठ सदस्य विकास भट्टराईले अनलाइनपनालाई जानकारी दिए । उनले भने “एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
















प्रतिक्रिया