Logo

राजनीति

संसद विघटन मुद्दामा बारले तोक्यो एमिकस क्युरी, असार ९ देखि सुनुवाइ हुँदै



नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि माग गरिएको अदालतका सहयोगीमा दुई वरिष्ठ अधिवक्तालाई पठाउने निर्णय गरेको छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अध्यक्षतामा बसेको कार्यसमितिले बैठकले वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ललाई पठाउने निर्णय गरेको बारले जनाएको छ।

सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतका निष्पक्ष सहयोगी पठाउने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनबाट दुईदुई  वरिष्ठ अधिवक्ता एमिकस क्युरीका रुपमा उपलब्ध  गराउन आदेश दिएको थियो ।  सो मुद्दामा यही असार ९ गतेदेखि नियमित सुनुवाइ हुने तय भएको छ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार ०६:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।