Logo

राजनीति

बाढीपहिराेले वितन्डा मच्चाएपछि पूर्वराजा ज्ञानेन्द्रले भने-तीव्र वर्षात आउन अझै बाँकी छ, अवस्था विकराल नहाेस्



पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा बाढीपहिराेबाट भएकाे धनजनकाे क्षतिले आफूलाई दुखी तुल्याएकाे बताएका छन्।

मनसुनकाे सुरुवाततीमै डेढ दर्जन जिल्लामा बाढीपहिराेले तान्डब मच्चाएपछि शाहले बिहीबार एक वक्तव्य जारी गर्दै ‘..बासिन्दाकाे उठिबास भएकाे दुखद खबर सुन्दा दुखी तुल्याएकाे’ बताएका हुन्।

तीव्र वर्षात आउन अझै बाँकी रहेकाे अवस्था विकराल नहाेस् भन्दै शाहले सचेत रहन भनेका छन्। उनले क्षति नहाेस् भनेर लाेककल्याणकारी प्रबन्ध प्रभावकारी रुपमा हुनुपर्ने पनि बताएका छन्।

gshah.jpg

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार ०८:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।