Logo

राजनीति

मन्त्रीहरूलाई ‘अरिङ्गाल’ बन्न ओलीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरूविरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरूलाई कडा निर्देशन दिएका छन् । उनले सरकारविरुद्धका आवाजहरू दवाउन अरिङ्गालको निर्वाह गर्न भन्दै निर्देशन दिएका हुन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले विरोधीहरूविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुन मन्त्रीहरूलाई निर्देशन दिए । ‘हरेक मन्त्रीहरूलाई सरकारको कामको प्रचार गर्न, विरोधीको खण्डन गर्न र आफ्ना काम र उपलब्धीहरूको डिफेन्ड गर्न अनुरोध छ,’ उनले भने ।

उनले विरोधीहरू सरकार ढाल्न अदालतको सरणमा पुगेको बताए । ‘जति गर्दा पनि सरकार ढाल्न नसकेकाहरू अहिले अदालत पुगेका छन्’, उनले भने ।

यसअघि पनि ओलीले पार्टी कार्यकर्ताहरूलाई आफ्ना विरोधि विरुद्ध अरिङ्गाल बनेर प्रतिवाद गर्न निर्देशन दिएका थिए । आलोचना पटक्नै नरुचाउने ओली यस्तै अभिव्यक्तिले बेला-बेला विवादमा समेत तानिने गरेका छन्।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १७:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।