Logo

राजनीति

राष्ट्रपतिले गृहमन्त्रीसहित सुरक्षा प्रमुखलाई किन बोलाइन् ?



राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि गृहमन्त्री खगराज अधिकारी फर्किएका छन् । अधिकारीसँगै राष्ट्रपति निवास पुगेका सुरक्षाका निकायका प्रमुखहरू पनि फर्किएका हुन् । 

राष्ट्रपतिले बोलाएपछि गृहमन्त्री, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास पुगेका थिए ।

राष्ट्रपति भण्डारीले पछिल्लो केही दिनयता भएको वर्षाका कारण भएको क्षति र जोखिम न्युनीकरणका लागी भएको प्रयासबारे सुरक्षा प्रमुखहरुबाट जानकारी लिएको बताइएको छ । विपद् न्युनीकरणका लागी भएको प्रयासबारे जानकारी गराएर गृहमन्त्री सहितका सुरक्षा अधिकारी फर्केका छन् ।

 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १८:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।