Logo

गायक पुष्पन र एलिनाको ‘ऐना हेरी हेरी’ सार्वजनिक (भिडियो सहित ) 



गायक पुष्पन प्रधान र एलिना चौहानको स्वरमा ‘ऐना हेरी हेरी’ गीतको अफिसियल म्युजिक भिडियो रिलिज भएको छ । भीम बिसीको संगीत रहेको गीतमा शिवराज योगीको शब्द छन् ।

सविता अधिकारीको निर्माण तथा गम्भिर विष्टको निर्देशनमा तयार भएको भिडियोमा आकाश कार्की र अनु काफ्लेले अभिनय गरेका छन् । ‘बटौली’, ‘तीन पाते’ जस्ता गीतमा अभिनय गरेकी अनु र आकाश कार्कीले पहिलो पटक एक साथ काम गरेका हुन् ।

नजिकिदै गएको तिज र कोरोनाको प्रकोप विच रहेको अप्ठ्यारो अवस्थालाई गीतको भिडियोमा झल्काइएको छ । मोडल आकाश र अनुको कामलाई धेरै दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा सुवोल थापाको कोरियोग्राफी छ । भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन्। यस अघि संगीतकार विसी र गायिको चौहानको स्वरमा पनि ‘ऐना हेरी हेरी’को लिरिकिल भिडियो रिलिज भैसकेको छ ।

 

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  ५ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।