Logo

अर्थ

विभिन्न ब्राण्डका बियरको गोदाममा विभागले हान्यो छापा : साढे २२ लाखभन्दा बढीको बियर बरामद



वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य अवधी सकिएका टुवोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर बरामद गरेको छ । विभागले टुवोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर करिब ३५५ कार्टुन नियन्त्रणमा लिई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो ।

विभागले २ वटा गोदामबाट रु. २२ लाख ६५ हजार रुपैयाँ बराबरको बियर बरामद गरेको हो ।

विभागबाट खटिई गएको बजार अनुगमन टोलीले बजार निरिक्षण गर्ने क्रममा सुरक्षित उपभोग्य अवधी सकिएका उल्लिखित ग्राण्डका बियर का.म.न.पा-९, सिनामंलगमा रहेको संस्कार ट्रेडर्स प्रा.लि. को का.म.न.पा ३२, गैहिगाँउस्थित गोदाममा भण्डार गरिरहेको अवस्थामा बरामद गरेको हो । उक्त परिमाणको बियरको बजार मूल्य करिब रु १३ लाख ९० हजार पर्ने देखिएको छ।

त्यसैगरी विभागले सुरक्षित उपभोग्य अवधी सकिएका टुवोर्ग, सानमिगेल, गोर्खा प्रिमियम र काल्सबर्ग ग्राण्डका करिब ३०२ कार्टुन बियर का.म.न.पा – ९, सिनामंगलस्थित सि.के. ट्रेडिङ प्रा.लि. को गोदाममा भण्डार गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई कारबाहीका लागि सिलवन्दी गरेको छ। उल्लिखित परिमाणको बियरको बजार मूल्य करिब रु ८ लाख ७५ हजार पर्ने देखिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार २०:०१   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।