Logo

लामो समय पछि सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने १ अर्ब पुगन



साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज सेयर बजार मापन गर्ने नेप्से परिसूचक १३ दशमलव ५८ अंकले बढेर १५७० दशमलव ३८ बिन्दूमा रोकिएको छ । 

आज दिनभर कारोबारमा आएका १८९ कम्पनीको ३३ लाख ५३ हजार २ सय  १ कित्ता सेयर किनबेच हुँदा ९७ करोड ९० लाख ९४ हजार ४ सय ३ रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारमा हरियालि छाएपनि कारोबार रकममा भने गिरावट देखिएको हो । 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार १५:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।