काठमाडौं । काठमाडौं–७ कालोपुलस्थित सिफल पनिका टोलको गल्लीस्थित एउटा घरभित्र ढल भेटिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को सरकारी जग्गा खोजी गर्ने अभियानका क्रममा घरभित्र ढल भेटिएको हो ।
सोमबार काठमाडौं महानगरको प्रहरी टोलीले घरभित्र उत्खनन गर्दा ढल भेटाएकाे हाे । ढल खाेलिएपछि पनिका टोलमा दुर्गन्ध फैलिएको छ ।

घरभित्र ढल भएपनि उक्त जमिन सत्यनारायण थापाको नाममा रहेको भेटिएकाे छ । ढलमाथि घर बनाएपछि सत्यनारायणकी आमा भवानी थापाविरुद्ध बस्तीका मानिसहरूले उच्च अदालतमा मुद्दा दायर गरेका थिइन् । मुद्दा विचाराधीन अवस्थामा छ ।

सत्यनारायण थापा वैदेशिक रोजगारमा रहेको स्थानीयहरूले बताएका छन् । ढल निकासको लागि अघिल्ला मेयर विद्यासुन्दर शाक्यकै पालामा निर्देशन दिइएकाे थियाे । तर त्यतिखेर काम नभएको स्थानीयले बताएका छन् ।
















प्रतिक्रिया