Logo

समाचार

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ



कास्की । जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-८ सृजनाचोक बस्ने मुस्ताङ घर भएका ५७ वर्षीय ईन्द्र बहादुर हिराचनको लक्ष्मी होटलमा जुवातास खेलिरहेको अवस्थामा हिराचन सहित ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नगद ४ लाख ४७ हजार ८० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १३:१६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।