Logo

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले दिए राजीनामा



बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले राजीनामा दिएका छन्। पछिल्ला दिनमा क्लबभित्र र समर्थकबाट बढ्दो दबाब पाइरहेका उनले मंगलबार राजीनामा गरेका हुन्।

सन् २०१४ मा क्लबको अध्यक्ष बनेका उनलाई बार्सिलोनाका समर्थकहरुले हटाउन दबाबदिइरहेका थिए । स्टार खेलाडी लियोनल मेस्सीसँगको सम्बन्ध बिग्रिएका कारण बार्सिलोनाका समर्थकहरुले बार्तोमेउको विरोध गर्दै आएका थिए । मंगलबार बार्तोमेउ क्लबको सबै बोर्ड अफ डिरेक्टरसँगै पछि हटेका हुन् ।

राजीनामा दिएको घोषणा गर्ने क्रममा बार्तोमेउले क्लबको आर्थिक भविष्यका लागि सुपर लिगमा सामेल हुने निर्णय गरेको बताएका हुन् । तर सुपर कपलाई लिएर एकमत हुन सकेको छैन । बार्तोमेउ आउँदो मार्चमा पद मुक्त हुँदै थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार ११:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।