Logo

प्रमुख समाचार

राष्ट्रियसभा गृहमा स्वर्गीय रिजालप्रति श्रद्धाञ्जली अर्पण, मेयर बालेनले ओढाए झण्डा



काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालप्रति विभिन्न राजनीतिक दलका नेता, सरकारका प्रतिनिधि तथा सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिएको थियो । उनको शव आजै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।

सभागृह पुगेर मेयर बालेन शाहले रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजालको उपचारका क्रममा आज बिहान ०७ः३० बजे निधन भएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १२:१८   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।