Logo

प्रमुख समाचार

सन्दिपविरुद्धकाे मुद्दामा पीडितकाे जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन आदेश



काठमाडौं । सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरीको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो । बहसका क्रममा सन्दीपका वकिलहरुले त्यही माग गरेका थिए । आज पनि कागजपत्रकै विषयलाई लिएर सुनुवाई टुंगाेमा पुगेन् ।

क्रिकेटर सन्दिप लामिछानेविरुद्ध ‘गाैशाला २६’ले बलात्कारकाे आराेप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । सन्दिपविरुद्धकाे मुद्दा कागजपत्रकै विषयका कारण फेसला हुन सकेकाे छैन् ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १८:०७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।