Logo

प्रमुख समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु, रोयल भुटानले भर्‍यो उडान



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायियक उडान सुरु भएकाे छ । भुटानको रोयल भुटान एयरलाइन्सले सफलतापूर्वक उडान भरेको छ । सो एयरलाइन्सले शनिबार चार्टर उडान भरेको हो । रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को एयरबस ३१९ ले चार्टर उडान भरेको हो । सो जहाज बिहान ६ बजेर ३९ मिनेट जाँदा पोखरा विमानस्थलमा अवतरण गरेको थियो भने बिहान ८ बजेर ५ मिनेटमा भुटानको पारोतर्फ उडेको थियो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरले पोखरादेखि पारोमा हप्तामा ७ फ्लाइट गर्नेछ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हप्तामा ७ वटा फ्लाइट गर्ने गरी ड्रुक एयरले अनुमति पाएको जानकारी दिए ।

उनका अनुसार भुटानको ड्रुक एयर पोखरामा व्यावसायिक चार्टड फ्लाइट गर्ने पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स बन्ने छ । यसअघि, चीनको सिचुवान एयरलायन्सले जुन २१ मा पोखरामा चार्टड फ्लाइट गरेको थियो ।

२२ अर्ब रुपैयाँको ऋण लगानीमा बनेको यो विमानस्थलमा व्यावसायिक उडान हुन नसकेको अवस्थामा भुटानबाट हुने व्यावसायिक चार्टड फ्लाइटले आस जगाएको छ । ड्रुक एयर भुटानको रोयल एयरलाइन्स अन्तर्गतको हवाई कम्पनी हो ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार ११:३६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।