Logo

ट्रम्पकाे दाबी- ‘म विजयी हुनेछु’



आफूलाई निर्वाचित हुन नदिनका लागि डेकोक्र्याटहरुले चुनावमा धाँधली गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । नेपाली समय अनुसार शुक्रबार बिहान ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा वैध मतका आधारमा आफू विजयी भएको दाबी गरे ।

उनले सर्वोच्च अदालत जाने र त्यसबाट आफू विजयी हुने बताएका छन् । ट्रम्पले निर्वाचनमा धाँधली भएको विषयमा पर्याप्त प्रमाण रहेको भन्दै ट्वीट पनि गरेका छन् । डेमोक्र्याटहरुले आफूबाट पैसा र ठूलो सञ्चारमाध्यमको आडमा आफूबाट नतिजा छिनेर डेमोक्र्याट तर्फ लगेको आरोप लगाए ।

‘पछिल्लोपटक बाइडेनले दाबी गरेका राज्यहरुमा मतदाता धाँधली र राज्य निर्वाचन धाँधलीबारे हामी कानूनी लडाइँ लड्नेछौं । पर्याप्त प्रमाण छ, सञ्चारमाध्यम चेक गर्दै गर्नुहोला । हामीले जित्नेछौं, अमेरिका फर्स्ट,’ ट्रम्पले ट्वीटरमा लेखेका छन् ।

मतगणना भइरहेका राज्यमध्ये नेभादामा जो बाइडेन अघि छन् । यता, ट्रम्पले अग्रता बनाएका जर्जिया, पेन्सिलभेनिया राज्यमा पनि मतान्तर साँघुरो हुँदैछ ।

अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ मध्ये २७० इलेक्टोरल कलेज मत चाहिन्छ । सो आँकडाको यात्रामा मतगणना जारी रहँदा बाइडेनलाई विजयी हुन ६ इलेक्टोरल संख्या चाहिएकाे छ । नेभादामा बाइडेन विजयी हुनसके बाइडेनका पक्षमा आवश्यक २ सय ७० मत पुग्नेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार ०८:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।