काठमाडौं । नेपालमा बढ्दो गर्मी र उपभोक्ताको आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै सिजी इलेक्ट्रोनिक्सले क्रम्टन ब्राण्डका नयाँ एयर कुलरहरू नेपाली बजारमा सार्वजनिक गरेको छ।
घर र कार्यालय दुवै प्रयोजनका लागि उपयुक्त हुनेगरी डिजाइन गरिएका डेजर्ट, टावर र पर्सनल एयर कुलरहरूले उपभोक्तालाई गर्मीबाट राहत कम्पनीले जनाएको छ ।
यस श्रृंखला अन्तर्गत क्रम्टनले ओजोन, गेल, जेलस, अप्टिमस, स्योर ब्रिज र जेडी पीएसी जस्ता विभिन्न मोडलहरू बजारमा ल्याएको छ।
यी कुलरहरूमा पानीको ट्याङ्की क्षमता, हावा प्रवाह र कभर गर्ने क्षेत्रफलका आधारमा विविधता रहेको छ। उच्च गुणस्तरको हनीकोम्ब प्याडको प्रयोगले प्रभावकारी चिस्यान सुनिश्चित गर्नुका साथै उपकरणलाई लामो समयसम्म टिकाउ बनाउने कम्पनीको दाबी छ।
प्राविधिक रूपमा सबल यी उपकरणहरूमा दीर्घकालीन प्रयोगका लागि विशेष पम्प प्रणाली, चारैतिर समान रूपमा हावा फैलाउने प्रविधि र निरन्तर पानीको आपूर्ति कायम राख्ने व्यवस्था मिलाइएको छ। साथै, यसमा रहेको स्वतः हल्लिने ‘लुभर्स’ ले कोठाको कुनाकुनासम्म समान चिस्यान पुर्याउन मद्दत गर्ने कम्पनीको भनाइ छ ।
उपकरणको सुरक्षाका लागि मोटर प्रोटेक्सन प्रणाली समेत जडान गरिएको छ, जसले दैनिक प्रयोगमा उपभोक्तालाई ढुक्क बनाउने कम्पनीले जनाएको छ ।
विभिन्न आवश्यकता अनुसार उपलब्ध यी कुलरहरूमध्ये टावर प्रकारका कुलरहरू सानो ठाउँमा मिल्ने र आधुनिक घरको सजावटसँग मेल खाने खालका छन् । साना कोठा वा व्यक्तिगत प्रयोगका लागि पर्सनल कुलरहरू उत्कृष्ट मानिएका छन् भने ठूला कोठा वा बढी क्षेत्रफलका लागि डेजर्ट कुलरहरूले शक्तिशाली कुलिंग प्रदान गर्नेछन्। यसरी क्रम्टनले एकै श्रृंखलामा सबै प्रकारका चिस्यान समाधानहरू समेटेको छ ।
नेपालमा सिजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध यी एयर कुलरहरूले क्रम्टनको गुणस्तरलाई नेपाली उपभोक्तासम्म पुर्याएका छन् । अन्तर्राष्ट्रिय स्तरमा फ्यानका लागि प्रख्यात क्रम्टनले नेपालमा मिक्सर, आइरन र गिजर जस्ता घरेलु उपकरणहरूमा पनि उच्च विश्वास आर्जन गरिसकेको छ। गुणस्तरीय उत्पादनमार्फत दैनिक जीवनलाई सहज बनाउँदै आएको यस ब्राण्डले नेपाली बजारमा आफ्नो पकड मजबुत बनाउँदै लगेको छ ।
नयाँ वर्ष २०८३ को सुखद अवसरमा कम्पनीले विशेष ‘न्यू इयर स्किम’समेत सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकले खरिदमा आकर्षक छुटका साथै विभिन्न उपहारहरू जित्ने अवसर पाउनेछन्। हरेक १५ दिनमा गरिने लक्की ड्रमार्फत एक जना खरिदकर्ताले क्रम्टनको मिक्सर र बम्पर उपहारस्वरूप एक जना विजेताले मिडेयाको डबल डोर रेफ्रिजेरेटर प्राप्त गर्ने कम्पनीले जनाएको छ।




















प्रतिक्रिया