Logo

इंग्ल्यान्डसँगको सिरिजका लागि दक्षिण अफ्रिकाले क्रिकेट टिम घोषणा



इंग्ल्यान्डसँगको सिरिजका लागि  दक्षिण अफ्रिकाले क्रिकेटको राष्ट्रिय टिम घोषणा गरेको छ । इंग्ल्यान्डसँगको एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि क्रिकेट दक्षिण अफ्रिकाले टिमको घोषणा गरेको हो । 

दक्षिण अफ्रिकाको टिमको कप्तानी क्विन्टन डी ककले गर्दैछन् । २४ सदस्सीय टोलीमा यसअघि टिम बाहिर रहेका कासिगो राबडा र जुनियर डालाले पुनरागमन गरेका छन् ।  टिममा बलर ग्लेन्टेन स्टुरमानले पहिलो पटक स्थान बनाएका छन् । 

अफ्रिकाले घरेलु मैदानमा पाहुना टोली इंग्ल्यान्डसँग ३ खेलको एक दिवसीय र ३ खेलकै टी–ट्वान्टी सिरिज खेल्नेछ । यो दुई टिमको टी–ट्वानी सिरिज नोभेम्बर २७ र एक दिवसीय  डिसेम्बर ४ बाट हुँदैछ । 

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार ०९:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।