Logo

अर्थ

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले साढे १ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १ लाख ५६ हजार २८३ कित्ता सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आगामी जेठ १ गतेभित्र मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार ११:२२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।