निर्मल लामिछाने।
इण्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत गएराती भएको अन्तिम तथा दोस्रो क्वालिफ़ायरमा सनराइजर्स हैदरवादलाई १७ रनले हराउँदै दिल्ली क्यापिटल्स आइपीएल इतिहासमा पहिलो चोटी फाइनल पुगेको छ ।
शेख जायद क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो, दिल्लीका लागि ओपनर शिखर धवनले सर्बाधिक ७८, मार्कस स्टोनिस ३८, सिम्रन हिट्मायरले ४२ रन्को योगदान गरेका थिए भने बलिङ्मा हैदरवादकोसन्दिप शर्मा, जेशन होल्डर र रशिद खानले समान एक एक विकेट हात पारे ।
दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो, जसका लागि केन विलिम्सनले सर्बाधिक ६७ रन बनाएपनि जित दिलाउन सकेनन् । हैदरवादलाई सस्तैमा समेट्न दिल्लीका लागि कागीसो रबडाले ४ विकेट, मार्कस स्टोनिसले ३ तथा अक्सर पटेल ले १ विकेट लिएका थिए ।
दिल्लीले उपाधिका लागि साविक विजेता मुम्बई इण्डियन्ससँग आउँदो मंगलवार फाइनल खेल्नेछ ।-





















प्रतिक्रिया