Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ५.७३ अंकले घटेर २,७३८ को विन्दुमा कायम भएको छ ।

आज ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको मूल्य घटेको छ ।

आज ३४६ कम्पनीको १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २६ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २१ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै श्रीनगरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १२.५७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले १०.३८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार १५:१५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।