Logo

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी जनाको मृत्यु



दाङ, राप्ती गाउँपालिका–४ मौरीघाटस्थित सडकमा ना.६ ख ३३४४ नम्बरको ट्रकले रा.५ प ६७३३ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका  मोटरसाइकलमा सवार सोही गाउँपालिका–५ सिसहनिया कमलरोड बस्ने १६ वर्षीय मनोज गाहा समेत ३ जनाको लमही अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेको ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 
रामेछाप, मन्थली नगरपालिका१ एकलेबरस्थित सडकमा प्रदेश ३–०१–००६ ख ३२० नम्बरको गाडी सडकबाट करिब ६० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा चालक उदयपुर कटारी नगरपालिका–४ बस्ने ३२ वर्षीय प्रदिप कार्कीको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको तामाकोशी अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिलाको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार १२:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।