अमेरिकी नवनिर्वाचित राष्ट्रपति जाे बाइडेनले विद्यमान राष्ट्रपति डाेनाल्ड ट्रम्पले राष्ट्रपतीय प्रशासनलाई अवरुद्ध बनाइराखे थप मानिसहरूको ज्यान जान सक्ने चेतावनी दिएका छन् ।
साेमबार डेलावेयरमा बोल्दै बाइडेनले कोरोनाभाइरसको प्रकोप रोक्नका लागि ट्रम्प प्रशासनले आफूहरूसँग समन्वय गर्न आवश्यक रहेकाे बताए । बाइडेनले राष्ट्रपति ट्रम्पलाई उनले अहिलेसम्म अस्वीकार गर्दै आएको हारलाई अब स्वीकार्न आह्वान पनि गरे। ट्रम्पले अझै पनि हार स्वीकार गरेका छैनन् ।
बाइडेनले चुनाव जित्न चाहिने २७० इलेक्टरल भोटभन्दा बढी ३०६ इलेक्टरल भोट पाएका छन् । तर अझै पनि रिपब्लिकन वर्तमान राष्ट्रपति ट्रम्पले हार स्वीकारेका छैनन् । उनले सोमवार मात्रे बिहान ट्वीट गरेका थिए, ‘मैले चुनाव जितेँ ।’
बिबिसीका अनुसार राष्ट्रपतीय निर्वाचनपछि सङ्क्रमणकालीन कार्यहरू गर्ने सरकारी निकाय जनरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) ले पनि अझै बाइडेन र उनकी चुनावी साथी कमला ह्यारिसलाई विजेताका रूपमा मान्यता दिइसकेको छैन ।
डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति जितेका बाइडेनले काेराेना संक्रमण न्यून गर्ने याेजनाहरू लागु गर्दैछन् । उनका सहयोगीहरूले ट्रम्पद्वारा सङ्क्रमणमा उनीहरूलाई सामेल गर्न अस्वीकार गर्नु भनेको बाइडेनको समूहलाई खोप वितरण रणनीतिको योजना बनाउनबाट बाहिर राख्नु रहेकाे प्रतिक्रिया दिएका छन् ।





















प्रतिक्रिया