नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बिबिएल) टी-ट्वान्टी क्रिकेट यस बर्ष होबर्ट हुरिकेन्सबाट खेल्न सक्ने भएका छन् ।
सन्दीपले यस पटक बीबीएल होबर्टबाट खेल्न सक्ने क्रिकेट अष्ट्रेलियाले जनाएको छ । क्रिकेट अष्ट्रेलियाले सन्दीप अनुबन्धको लागि होबर्टले प्रक्रिया अघि बढाएको समेत जनाएको छ । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । होबर्टले आफ्नो अन्तिम विदेशी खेलाडी भोलि बिहीवार सार्वजनिक गर्दैछ ।
सन्दीपले हालसम्म बीबीएलमा २० खेलमा २६ विकेट लिएका छन् । गत साता युएईबाट नेपाल आएका उनी छिट्टै अस्ट्रेलिया बिबिएल खेल्न जाने बताएका थिए ।




















प्रतिक्रिया