Logo

राजनीति

असार १० गते देखि जारी नेकपा स्थायी कमिटी बैठक सम्पन्न



गत असार १० गते देखि जारी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सम्पन्न भएको छ । पटक पटक स्थगित हुँदै आएको जारी स्थायी कमिटी बैठक शुक्रबार प्रधानमन्त्री निवाास बालुवाटारमा बसेको थियो ।

बैठकले नेकपा अध्यक्षद्वयद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उत्साहका साथ असार १० गते शुरूभएको यो बैठकले अनेक मोड र घुम्ती पार गरेर निष्कर्षमा एकता, समझदारी र सर्वसम्मति कायम गरेको थापाले जनाएका छन्  ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार १६:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।