गोधुली क्लब धरानलाई पराजित गर्दै प्रथम पट्नाली च्यालेन्ज कपको उपाधी बराहक्षेत्र फुटबल क्लब वराहक्षेत्र चतराले उचालेको छ । धरान–१७ स्थित पट्नालीमा शनिबार सम्पन्न फाइनलमा खेलमा धरानको गोधुली क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरमा पराजित गर्दै वराहक्षेत्रले उपाधी उचालेको हो । उपाधीसँगै बराहक्षेत्रले ट्रफि र नगद ५० हजार पुरस्कार जितेको छ ।
उपविजेतामा सिमित भएको गोधुलीले ट्रफि सहित नगद २५ हजार पुरस्कार प्राप्त ग¥यो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा गोधुलीका मिलन राईको गोल बारमा लागेर बाहिरिएपछि बराहक्षेत्रले खेल जितेको थियो ।
बराहक्षेत्रले २–० ले पछि परेको स्थितिलाई उल्टाउन सफल भयो । बराहक्षेत्रले अन्तिम ४ मिनेटमा दुवै गोल फर्काएर खेललाई बराबरीमा ल्याउन सफल भयो । खेलकोम्यान अफद म्याच गोधुलीका रोमन लिम्बू घोषित भए उनलाई नगद १५ सय र ट्रफि प्रदान गरिएको थियो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका गोधुलीका क्याप्टेन मनोज राईलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा ४ गोल गरेका गोधुलीका मिलन राई उच्च गोलकर्ता, गोधुलीकै गोल किपर आशिष कार्की उत्कृष्ट गोल किपर, बराहका प्रकाश भुजेल उत्कृष्ट डिफेन्डर, गोधुलीका हेमन्त थापा उत्कृष्ट मिडफिल्डर बराहका आकाश राई उत्कष्ट फरवार्ड, बेष्ट कोच बराहका विशाल बस्नेत साथै पटनाली फुटबल क्लबका सुदेश राई राइजिङ प्लेयर घोषित भएका थिए ।
उनीहरुलाई जनही ३१ सय नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि नेकपाका स्थायी कमिटि सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्य, अतिथिहरु एन्फा प्रदेश एकका अध्यक्ष किशोर राई, धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी, नेकपा प्रदेश सदस्य विजय राई तथा मुक्सामहाङ मेन्याङ्बो लगायतका अतिथिले पुरस्कार वितरण गर्नुभएको थियो ।





















प्रतिक्रिया