Logo

अर्थ

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई घडेरी किन्न १ करोड ५० लाखसम्मकाे कर्जा सुविधा



काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूले अब घडेरी किन्न १ करोड ५० लाख रुपैयाँसम्म कर्जा पाउने भएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजमी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उक्त कर्जाबारे जानकारी दिएका हुन् । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकहरूले घडेरी खरिद गर्नका लागि ६ प्रतिशत ब्याजदरमा १ करोड ५० लाखसम्म नियमानुसार सापटी लिन सक्ने व्यवस्था मिलाइएको मन्त्री यादवले बताए ।

कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार कोषले हाल घर कर्जा, घर निर्माण कर्जा, शैक्षिक कर्जा लगायतका सुविधा प्रदान गर्दै आएको छ । कोषमा योगदान गर्ने श्रमिकले गरेको योगदानका आधारमा अधिकतम १ करोड ५० लाख रूपैयाँसम्म ६ प्रतिशत ब्याजदरमा घडेरी किन्नका लागि कर्जाको व्यवस्था गरेको प्रवक्ता अधिकारीले बताए ।

यो सुविधा लिनका लागि श्रमिक कम्तीमा १८ महिनासम्म नियमित रूपमा कोषमा आबद्ध भई मासिक योगदान गरेको हुनुपर्नेछ। योगदान रकम र अवधिका आधारमा कर्जा सीमा निर्धारण गरिने कोषले जनाएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार १७:१७   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।