राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणलाई नेपाल क्रिकेट क्रिकेट संघ (क्यान) ले सहायक प्रशिक्षकमा पूर्व क्रिकेटर मनोज कटवाललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
आगामी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै क्यानले बिहिबार देखि बन्द प्रशिक्षण थालेको छ । प्रमुख प्रशिक्षकमा जगत टमटा रहँदा सहायक प्रशिक्षकमा नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक समेत रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व क्रिकेटर कटवाललाई जिम्मेवारी दिइएको क्यानले बताएको छ ।
क्यानले बन्द प्रशिक्षणमा सुरुमा २२ र पछि थप पाँच गरि कुल २७ जनालाई प्रशिक्षणमा बोलाएको छ ।




















प्रतिक्रिया