Logo

आगलागीबाट विभिन्न धनमाल नष्ट



उदयपुर, उदयपुरगढी गाउँपालिका-४ चारघरे बस्ने बसन्तबहादुर खपाङी मगरको घरमा सोमबार दिउँसो सोलारको ब्याट्री सर्ट भई लागेको आगो नजिकै रहेको सूर्यबहादुर खपाङी मगरको घरमा समेत फैलिएर आगलागी हुँदा दुबै जनाको घर, घरभित्र रहेका सामान र नगद गरी करिब १२ लाख ५० हजार ८ सय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

झापा, कमल गाउँपालिका-५ गुहेश्वरीटोल बस्ने जितेन्द्र धितालको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, काठपात, भाडावर्तन लगायतका सामान गरी करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

काभ्रे, पनौती नगरपालिका-८ मल्पिस्थित सन्तोस राउतको बिन्दबासिनी भैंसी फर्ममा मंगलबार बिहान कुडो पकाउने क्रममा आगलागी हुँदा ४ भैसी, ५ पाडा र गोठ पूर्णरुपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

 कैलाली, गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने यशोदा बरालको सोनिया पोल्ट्री फर्ममा मंगलबार बिहान विद्युतको तार सर्ट भई आगलागी हुँदा फर्मभित्र रहेका कखुरा र कुखुराको दाना लगायतको सामान गरी करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार १३:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।