Logo

राजनीति

अन्ततः गले ओली, भदौ २६ को निर्णय कार्यान्वयन गर्न तयार



 प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले आफूमाथि संगीन आरोपसहित कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिन आग्रह गरेका छन् ।

पार्टी सचिवालयको शनिबारको बैठकमा प्रचण्डको प्रस्तावको जवाफी प्रतिवेदन प्रस्तुत गर्दै ओलीले सहमतिमै पार्टी विवाद समाधान गर्नुपर्ने उल्लेख गरेका हुन् । उनले गत २६ भदौमा स्थायी समितिले गरेको निर्णय मान्न आफू तयार रहेको बताए । ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले आफूमाथि लगाएका आरोप गलत भन्दै खारेज गरिएको उल्लेख गरे ।

पार्टीमा कोही बहुमत र कोही अल्पमतमा नरेहको दाबी पनि उनले गरे । महाधिवेशनबाट निर्वाचित नभएका, संक्रमणकालीन व्यवस्थाका लागि भनेर बनाइएका अन्तरिम कमिटीहरुलाई अल्पमत र बहुमतको खेल खेल्ने थलो बनाउन नहुनजे तर्क ओलीको छ । ओली नेकपाको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा अल्पमतमा छन् ।

ओलीले प्रचण्डको प्रस्तावलाई नितान्त व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहीत स्वार्थ लुकेको कृत्रिम आरोपको संज्ञा दिएका छन् । पार्टीका बैठकलाई अग्रगामी एजेण्डाबाट बराल्ने र व्यक्तिगत आरोप–प्रत्यारोप एवं कूण्ठामा अल्मल्याइरहने छुट कसैलाई नभएको चेतावनी ओलीको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार १५:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।