Logo

राजनीति

प्रधानमन्त्री ओलीमाथि मात्रिका यादवको आरोपै-आरोप



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मात्रिका प्रसाद यादवले आफूहरुसँग नमिलेको भए केपी शर्मा ओली नेतृत्वको सरकार बन्न सक्दैनथियो भन्ने टिप्पणी गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले यस्तो बताएका हुन् ।

अध्यक्षद्धय ओली र पुष्पकमल दाहालबीच सरकारको नेतृत्व आधा आधा गर्ने सहमति भएको तर स्थायित्वको लागि दाहालले आलोपालो सरकारको नेतृत्व छोडेको यादवको भनाई छ ।

नेकपा बैठक धुम्बाराहीमा २ बजे बस्दै, ओली जान मानेनन्

 नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको जारी बैठक आज धुम्बाराहीमा बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठक एक घन्टा ढिलो गरी २ बजे बस्न लागेको हो ।

नेकपा वरिष्ठ नेता झलनाथ खनालका अनुसार बैठक एक घन्टा ढिलो गरी बस्न थालेको हो । बैठक कुनै हालतमा स्थगित नहुने खनालले स्पष्ट पारे । यसअघि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा नआउने बताएपछि स्थगित हुने चर्चा चलेको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले सुरक्षाका कारण अनुपस्थित हुने जनाइसकेका छन् । उनले धुम्बाराही जान मानेका छैनन् । ओलीले पार्टी सचिवालय बैठकका लागि विभिन्न शर्त अगाडि सारेका छन् । यसलाई उनको पार्टी बैठक टार्ने बहानाका रुपमा विरोधी समूहले लिएका छन् ।

यसअघि मङ्गलबार बसेको सचिवालय बैठकमा ओली र प्रचण्डबीच चर्काचर्की परेको छ । ओलीले प्रचण्डलाई कारबाहीको धम्की दिएका थिए । दुवै नेताबीच आरोप प्रत्यारोपले स्थिति साम्य पार्न अन्य नेताहरुलाई मुश्किल परेको थियो ।

 

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार १२:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।