खुकुरी प्रहार गरी जन्मदिने आमाको हत्या गर्ने छोरालाई बिहीबार अदालतले जन्मकैदको सजाय गरेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका-१ चहकाकी ६४ वर्षीया धनमाया पुलामीको हत्या गरेको आरोपमा उनका छोरा ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामीलाई जन्मकैदको सजाय भएको हो।
जिल्ला न्यायाधीश सूर्यप्रकाश अधिकारीको इजलासले अभियुक्तलाई जन्मकैद सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
मादक पदार्थ सेवन गरिरहने युवकले ०७६ असार १९ गते साँझ खुकुरी प्रहार गरी आमाको हत्या गरेका थिए। घरमा कोही नभएका बेला जंगबहादुरले खुकुरी प्रहार गरी आमा धनमायाको हत्या गरेको भन्दै मृतकका पति ६५ वर्षीय लोकबहादुर पुलामीले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७६ असार २० गते उजुरी दर्ता गराएका थिए। लोकबहादुर घटनाका बेला मोबाइलको रिचार्ज कार्ड र खैनी किन्न बजार निक्लिएका थिए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।





















प्रतिक्रिया