Logo

अर्थ

सूर्यज्योति लाइफको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति?



काठमाडाैं । चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्सकाे खुद बीमाशुल्क आर्जनसँगै नाफामा पनि सुधार आएकाे छ ।

कम्पनीले ८ अर्ब ६१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म ७ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।
बीमाशुलक आर्जन बढेसँगै कम्पनीको नाफा समेत वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिसम्म ३३ करोड ३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको २९ करोड ५७ लाखको तुलनामा ११.६७ प्रतिशतले बढी हो ।

कम्पनीको कुल आम्दानी पनि ११ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा कुल आम्दानी १० अर्ब ४८ करोड रुपैयाँ रहेको थियो । अघिल्लो आवमा ८ अर्ब ३८ करोड रुपैयाँ रहेको कम्पनीको दाबी भुक्तानी ९ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल खर्च पनि ९ अर्ब ९१ करोड रुपैयाँबाट बढेर ११ अर्ब २ करोड रुपैयाँ रहेको छ । कम्पनीले यो अवधिमा १ लाख ९१ हजार कुल बीमा पोलिसी जारी गरेको छ ।

यस्तै अघिल्लो आवमा ३ अर्ब ९४ करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषको आकार बढेर ४ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८.७९ रुपैयाँ, पीई रेसियो ५०.६४ गुणा र प्रतिसेयर नेटवर्थ १२५.४९ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार १२:४७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।