Logo

सवारी साधनको ठक्करबाट मृत्यु



सुनसरीको ईटहरी उपमहानगरपालिका-२० तरहरा सेउतिको जङगलमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखेका करिब ५० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको घोपा अस्पताल धरानमा उचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार सवारी साधन र चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार १६:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।