Logo

बार्सिलाेना क्याडिजसँग २-१ ले पराजित



स्पेनिस ला लिगामा  क्याटलान क्लब बार्सिलोना नव प्रवेशी क्याडिजसँग पराजित भएकाे छ । गएराति भएकाे खेलमा बार्सिलाेना क्याडिजसँग २-१ ले पराजित भएकाे हाे ।

क्याडिजलाई जित दिलाउनकाे लागि अल्भारो जिमिनेज र अल्भारो नेग्रेडोले समान एक-एक गोल गरे । बार्सिलोनाले एक गोल उपहार पाएको थियो । क्याडिजले यसअघि पनि रियाल म्याड्रिडलाई १-० ले स्तब्ध पारेको थियो ।

लिओनल मेस्सीसहितका पहिलो रोजाइका खेलाडी लिएर मैदान उत्रिएको बार्सिलोना क्याडिजको घरेलु मैदानमा निरीह बन्याे । खेलकाे ८ औँ मिनेटमै अल्भारो जिमेनेज गाेल गर्दै क्याडिजलाई अग्रता दिलाएका थिए ।

पहिलाे हाफमा एक गाेल गरेकाे क्याडिजले दाेस्राे हाफमा पनि एक गाेल थप्याे भने एक गाेले आफ्नै पोस्टमा हान्यो । खेलकाे ५७ औँ मिनेटमा पेड«ाेले आफ्नै पोस्टमा  गाेल गरेपछि खेल १-१ काे बाराबरी भयाे ।

आफ्नै पोस्टमा  गाेल गरेकाे ६ मिनेटमै क्याडिजले फेरि अग्रता लियाे । ६३ औँ मिनेटमा अल्भाराे नेग्रेडाेले गाेल गर्दै क्याडिजलाई अग्रता दिलाए । त्यपछि दुवै टाेलीबाट गाेल हुन नसक्दा खेल क्याडिजले जित्याे ।

यो जितसँगै क्याडिज १२ खेलबाट १८ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएकाे छ भने बार्सिलोना १४ अंकसहित सातौ स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आईतवार ०८:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।