Logo

भारतले अष्ट्रेलियासँगको दोस्रो टि ट्वान्टी खेलमा पहिला बलिङ गर्दै



अस्ट्रेलिया भ्रमणमा रहेको भारतले अष्ट्रेलियासँगको दोस्रो टि ट्वान्टी खेलमा पहिला बलिङ गरिरहेको छ ।

भारतका कप्तान विराट कोहलीले टस जित्दै पहिला बलिङ गर्ने निर्णय लिए सँगै सिड्नी क्रिकेट मैदान सिड्नीमा भारतले पहिला बलिङ गरिरहेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ३ ओभरको खेल चलिरहँदा बिना विकेटको क्षतिमा रन बनाएको छ । 

दोस्रो ट्वान्टी ट्वान्टी खेलमा भारतले तीन खेलाडी परिवर्तन गरेको छ, जसमा यसअघिको खेलमा घाईते भएका रविन्द्र जडेजाको स्थानमा स्पिनर युजभेन्द्र चहलले मौका पाएका छन् । त्यस्तै मनिष पान्डेको स्थानमा श्रेयस ऐर र मोहम्मद शामीको स्थानमा शार्दुल ठाकुरले मौका पाएका छन् ।

त्यस्तै यता अष्ट्रेलियाका नियमित कप्तान आरोन फिन्च आजको टोलीमा छैनन् । खेलमा टसको लागि विकेटकिपर म्याथ्यु वेड थिए भने वेड अष्ट्रेलियाका लागि टि ट्वान्टी आईमा कप्तानी गर्ने अस्ट्रेलियाको११ औं खेलाडी बनेका छन् ।

भारतसँगै अष्ट्रेलियाले पनि टोलीमा तीन खेलमा परिवर्तन गरेको छ, आरोन फिन्चको स्थानमा अलराउन्डर मार्कस स्टोइनिसले मौका पाएका छन् । त्यस्तै तीव्र गतिका बलर जोश हेजलवुडको स्थानमा ड्यानियल साम्स र मिचेल स्टार्कको स्थानमा एन्ड्रयु टाईले मौका पाएका छन् ।

भारतको टोलीमा: 

शिखर धवन, विराट कोहली (कप्तान), श्रेयस ऐर, लोकेश राहुल (विकेटकिपर), हार्दिक पान्ड्या, युजभेन्द्र चहल, शार्दुल ठाकुर, वासिन्टन सुन्दर, दिपक चहर, सन्जु स्यामसन र टि नटराजन

अष्ट्रेलियाको टोलीमा:

म्याथ्यु वेड (कप्तान), मार्कस स्टोइनिस, डार्सी सर्ट, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, हेनरिक्स मोइसेस, सन एबट, डानियल साम्स, मिचेल स्विपसन, एडम जाम्पा र एन्ड्रयु टाई ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आईतवार १४:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।