Logo

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु



पाँचथरको हिलिहाङ गाउँपालिका-१ दुवीचौरस्थित सडकमा मे. ४ प ८९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय प्रबीण कालीकोटेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका घाइते भएका मोटरसाइकलमा सवार  सोही गाउँपालिका-२ बस्ने २० वर्षीया मुना पाख्रिनलाई सोही अस्पताल हुँदै थप उपचारका लागि बिर्तासिटी अस्पताल झापा पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार १७:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।