Logo

प्रमुख समाचार

वैदेशिक रोजगारीमा जाँदा बैंकिङ प्रणालीमार्फत रकम बुझाउन विभागको आग्रह, म्यानपावरको ठगी रोकिने



काठमाडौं। सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सेवाशुल्क बैंकिङ प्रणालीमार्फत भुक्तान गर्न आग्रह गरेको छ।

वैदेशिक रोजगार विभागले ठगीबाट बच्न, आर्थिक कारोबारलाई पारदर्शी बनाउन र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न अनिवार्य रूपमा सेवा शुल्क बैंकिङ प्रणालीमार्फत भुक्तान गर्न आग्रह गरेको हो।

इजाजतपत्र प्राप्त संस्था ९म्यानपावर कम्पनी०लाई कानुन बमोजिम बुझाउनुपर्ने सेवा शुल्कबापतको रकम बुझाएको प्रमाण कागज तथा अनलाइन कारोबार भएको विवरण आफूसँग सुरक्षित राख्न विभागले निर्देशन दिएको छ।

‘नगद कारोबार गर्दा ठगी भएको खण्डमा प्रमाण पुर्याउन कठिन हुने भएकाले कुनै पनि इजाजतपत्रवाला संस्था, सो संस्थाका सञ्चालक, संस्थासँग आबद्ध कर्मचारी÷प्रतिनिधि वा अन्य कुनै पनि व्यक्तिलाई वैदेशिक रोजगारमा जान  या वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि आर्थिक कार्य नगदमा नगर्नु÷नगराउनु हुन अनुरोध छ’, विभागको सूचनामा उल्लेख छ।

सम्बन्धित इजाजतपत्र प्राप्त संस्थालाई पनि नगद कारोबार नगर्न÷नगराउन आग्रह गरेको विभागले त्यसो गरे कारबाही गर्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार ०८:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।