Logo

राजनीति

साझा पार्टीका नेताहरु पक्राउ



ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई उन्मुक्ति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका साझा पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित केही पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

तर, सत्तारुढ पार्टी निकटका व्यक्तिहरुलाई उन्मुक्ति दिएर मुद्दा दर्ता गरिएको आरोप विपक्षी दलहरुले आरोप छ । विपक्षी दलहरुले अख्तियारले नै असमान व्यवहार गरेको भन्दै आन्दोलनसमेत सुरु गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार १३:३८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।