Logo

राजनीति

अहिलेको सरकार विरोधी गतिविधिहरु सबै मृगतृष्णा मात्र हुन्: गृहमन्त्री थापा



गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि गर्ने समुहहरुलाई मृगतृष्णा को उपमा दिएका छन् । 

चितवन प्रेस सङ्गठनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि तिनको सपना पूरा नहुने स्पष्ट पारेका छन् । उनले भने, ‘नेपाली जनताले उनीहरुको सपना कदापि पूरा हुन दिदैनन्’ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य समेत रहेका थापाले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताएका छन्, थापाका अनुसार “यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ ।” अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास ब्यक्त गरेको बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १२:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।