Logo

राजनीति

कांग्रेसले संवैधानिक परिषद्ले गर्ने कुनै पनि निर्णय र प्रस्ताव स्वीकार नगर्ने



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेश जारी भएपछि संवैधानिक परिषद्ले गर्ने कुनै पनि निर्णय र प्रस्ताव स्वीकार नगर्ने निर्णय गरेको छ । 

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीले सरकारले संवैधानिक परिषद्को गरिमालाई गिराउने गरी अध्यादेश ल्याएको भन्दै संवैधानिक परिषद्ले गर्ने कुनै पनि निर्णय र प्रस्ताव स्वीकार नगर्ने निर्णय गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

अध्यादेश ल्याउने सरकारको कदम अलोकतान्त्रिक सर्वसत्तावादी रहेको ठहर गर्दै कांग्रेसले अध्यादेश तुरुन्त फिर्ता गर्न माग पनि गरेको छ ।

बैठकले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको प्रवक्ता शर्माले जानकारी दिए। विशेष अधिवेशन बोलाएमा दुई–तीन दिन विशेष विषयमा छलफल गरेपछि ६ महिनासम्म संसद् बन्द गर्न सरकारलाई सुविधा प्राप्त हुने भएकाले हिउँदे अधिवेशन मात्र माग गरिएको उनको भनाई छ ।

पदाधिकारी बैठकले संसदीय दल कार्यसमितिको बैठक समेत बोलाइएको छ । बैठकमा २९ मंसिरमा सरकारविरुद्ध देशभर प्रदर्शनको समीक्षा गर्दै प्रदर्शनलाई सफल बनाउन सहयोग गर्ने सवैप्रति आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : १ पुष २०७७, बुधबार १९:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।