लाेकप्रिय टेलिभिजन गायन रियालिटी साे नेपाल स्टारका आफूलाई मन परेका प्रतिस्पर्धिलाई अब स्प्याराे एसएमएसबाट भोटिङ गर्न सकिने भएकाे छ । स्प्याराे एसएमएसले कि एडभर्टाइजिंगसँगकाे सहकार्यमा एसएमएस भोटिङ सेवा उपलब्ध गराउने भएकाे हाे ।
नेपाल स्टार नेपालको गायक छनाैट प्रतियोगिता हो । यस प्रतियोगितामा नेपालभरबाट अडिसन लिएर छानिएका प्रतिस्पर्धीकाे प्रस्तुति गत फाल्गुन २४ गतेदेखि नेपाल टेलिभिजनवाट प्रशारण शुरु भएको हो । प्रतिस्पर्धामा भोटको आधारमा प्रत्येक हप्ता एकजना प्रतिस्पर्धी बाहिरिने गर्छन् ।
आफूलाई मन परेकाे प्रतिस्पर्धीलाई भाेट गर्न आफ्नो मोबाईलको म्यासेज बक्समा NS टाईप गरि 33001 मा पठाउनु पर्ने छ । स्प्याराे एसएमएसले एक दशकदेखि नेपालभर एसएमएस पठाउने सेवा उपलब्ध गराउँदै आएकाे छ ।





















प्रतिक्रिया